Shikhar Insurance

बाणिज्य बैंककै ब्याज १७ % पुगिसक्यो, लघुवित्त १५ % मा कसरी ‘सर्भाइभ’ हुन्छन् ?

बसन्त लम्साल
२०७९ आश्विन २४, सोमबार २१:२८
NIMB
Nabil Bank

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरु अहिले सबै तिरबाट ट्रयापमा परिरहेका छन् । एकातिर लघुबीत्त कम्पनीहरुका लागि लगानीको स्रोत जुटाउन कठिनाई भैरहेको छ । अर्का तिर ब्याजदरका कारण पनि कम्पनीहरु सर्भाइभ हुनै नसक्ने अवस्थामा छन् ।

अहिले बाणिज्य बैंकहरुले नै १६/१७ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिरहेका छन् । अनि हामी लघुबीत्त कम्पनीहरुलाई १५ प्रतिशतमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । ग्रामिण बस्तीहरुमा पुगेर गरिबी न्युनीकरणका लागि काम गर्न भनेर खटाईएका लघुवित्त कम्पनीहरुलाई बाणिज्य बैंकहरुले भन्दा पनि कम ब्याजदरमा ऋण देऊ भन्नु भन्दा हास्यास्पद कुरा के नै हुन सक्छ र ?

Citizen Life
Kumar Bank
Nepal Life

अर्का तिर लघुवित्त कम्पनीहरु यतिबेला स्रोतको चरम अभावबाट गुज्रिरहेका छन् । बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको सिमा भेटिसकेका छन् । त्यसैले लघुवित्त कम्पनीहरुलाई स्रोत दिईरहेका छैनन् । कतिपय बैंकहरुले यस अघि गरेको लगानी पनि फिर्ता लिन थालेका छन् । हामीले एक वर्षका लागि बैंकहरुबाट स्रोत लिएका हुन्छौं । अहिले बैंकहरुले त्यस्तो लगानी नविकरण नगरेर धमाधम फिर्ता लिन थालेको अवस्था छ । बैंकहरुले लघुवित्त कम्पनीहरुसँग २ प्रतिशत भन्दा बढी प्रिमियम लिन पाउँदैनन् । अन्य क्षेत्रमा लगानी गर्दा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउँछन् । त्यसकारण पनि लघुवित्त कम्पनीको पैसा झिकेर अन्त लगानी गर्ने अवस्थामा बैंकहरु पुगेका हुन् ।

गाउँ गाउँमा पुगेर ऋण लगानी गर्नुपर्ने लघुवित्त कम्पनीहरुले कसरी १५ प्रतिशत ब्याजदरको सिमामा रहेर सेवा दिन सक्छन् ? हाम्रो लगात नै अधिक हुन्छ । कर्पाेरेट कारोबार गर्ने बाणिज्य बैंकहरुले नै अहिले १७ प्रतिशतसम्म ब्याज लिन थालिसकेका छन् । उनीहरुको अपरेशन कस्ट हाम्रो भन्दा निकै कम हुन्छ । हामी त गाउँ गाउँमा समुह खडा गरेर, तालिम दिएर लगानी गर्नुपर्ने संस्था हौं । लघुवित्त कम्पनीहरुको रिपेमेन्ट पनि बैंकको भन्दा फरक खालको हुन्छ । अनि हामी कसरी १५ प्रतिशतको सिमामा बसेर काम गर्न सक्छौं ?

नेपाल राष्ट्र बैंकले हामीलाई निक्षेप उठाउन पनि दिएको छैन्, सेकेन्डरी रिसोर्स प्रयोग गरेर व्यवसाय गरिरहेका छौं । जसले हामीलाई रिसोर्स दिने हो, उनीहरु नै अहिले धमाधम पैसा फिर्ता माग्न थालिररहेका छन् । अर्कातिर उनीहरुको प्राथमिकता पनि लघुवित्तलाई पैसा दिनु भन्दा अन्तै लगानी गर्ने तर्फ केन्द्रित हुन थालेको छ । यी सबै कारणहरुले लघुवित्त कम्पनीहरु यति बेला इतिहासकै कठिन परिस्थितिबाट गुज्रिरहेका छन् ।(लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा विजय लघुवित्तका सिईओ बसन्त लम्सालसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्