Shikhar Insurance

सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २, बुधबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । सोल्टि होटलले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । होटलको असोज ३१ गते  बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीका लागि हाल कायम चुक्ता पुँजीको २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको ४८ औं वार्षिक साधारण सभाबाट पारित हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले लाभांशबाट ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद गरि कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ । यसमा प्रस्तावित बोनस सेयर थपिँदा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४६ पुग्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज(बुक क्लोज) मिति तोकेको छ । जस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्