Shikhar Insurance

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य कति?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २, बुधबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थापक समूहको २ हजार २५४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

लघुवित्तको उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले सो मूल्यभन्दा बढी अंकित गरी बोलकबोल गर्नुपर्ने छ । लघुवित्तको सेयरमा अंकित मूल्यभन्दा कम अर्थात ५०० रुपैयाँ भन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन स्वतः रद्द हुने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन पेस गर्दा न्युनतम १० कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिन्छ ।

लघुवित्तको (असोज ३१ गते) सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त संस्थापक सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई नै दिइएको छ ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय ढल्केवरमा पेस गर्नु पर्नेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्