Shikhar Insurance

डिफिसीबाट एनएमबि बैंकले पायो १३ अर्ब रुपैयाँ वैदेशिक ऋण

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १५:५२
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले १२ अर्ब ३० करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) वैदेशिक ऋण ल्याएको छ । बैंकले अमेरिकास्थित अन्तर्राष्ट्रिय विकासका लागि वित्त निगम (डिएफसी) बाट सो ऋण प्राप्त गरेको हो ।

बजारमा लगानी योग्य रकम (लरलता) अभावको अवस्थामा बैंकले डिएफसीबाट ल्याएको सो ऋण नेपालको लघु, साना मझौला तथा मध्यमस्तरका उद्योगमा लगानी गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त ऋण साहयताले नेपालको आर्थिक दिगोपन, रोजगारी सृजना र महिलाको जिविकोपार्जन सुधारमा सहयोग पुग्ने बैंकको विस्वास छ ।

एनएमबि बैंकले हालसम्म विभिन्न ९ विकास साहयता संस्थामार्फत ३० करोड अमेरिकी डलर नेपाल भित्राइसकेको छ । जलविद्युत् नविकरणीय ऊर्जा कृषि र साना तथा मझौला उद्यममा लगानी प्रवर्द्धन गर्ने लक्ष्यले एनएमबिले प्रत्यक्ष वैदेशिक संस्थाहरूबाट प्रत्यक्ष ऋण लिने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्