Shikhar Insurance

बैंक बहिस्कार गर्दै उद्योगी व्यापारी, ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप नगरे देशव्यापी आन्दोलन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १६:४८
NIMB
Nabil Bank

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यापारीहरुले बैंक बहिस्कार अभियान शुरु गरेका छन् । बैंक तथा वित्तीय संस्थाले अस्वाभिक रुपमा ब्याजदर बढाएर पछि विभिन्न जिल्लाका उद्योगी व्यवसायी तथा व्यापारीहरुले बैंक बहिस्कार अभियान शुरु गरेका हुन् ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका उद्योगी व्यवसायीहरुले गत सातादेखि नै बैंकले अस्वाभिक रुपमा ब्याजदर बढाएको भन्दै आन्दोलन गरिरहेका छन् । बैंकले तरलता अभावको बाहनामा कर्जाको ब्याजदर दोब्बरले बढाएको भन्दै अहिले सुर्खेत, नेपालगञ्ज, धनगडी, कैलाली लगायत जिल्लाहरुमा सोको विरुद्धमा आन्दोलन भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड समाप्त नहुँदै तरलता सहज भएको अवस्थामा बैंकले घर–घरमै आएर सस्तो ब्याजदरमा कर्जा लिन बोलाएको तर अहिले तरलता अभावको बहानामा ब्याजदर दोब्बर बनाएको उनीहरुको गुनासो हो ।

कोभिडको असरमा व्यापार व्यवसाय अझै फस्टाउन नसकेको तर बैंकले भने ७/८ प्रतिशत ब्याजदरमाजबरजस्ती दिएको कर्जाको ब्याजदर १५/१६ प्रतिशत पुर्याएको सुर्खेतका व्यापारी पदमराज चौलागाँईले बताए ।

‘बैंकमा प्रसस्त पैसा हुँदा ८ प्रतिशमा कर्जा लिनुपर्यो भन्दै घर–घरमै आएका बैंकले अहिले १ वर्ष नबित्तै तरलता अभावको बहानामा १५/१६ प्रतिशत ब्याजदर पुगेको म्यासेज गरिरहेका छन्,’ व्यापारी तथा बैंक विरुद्ध संघर्ष समितिका संयोजक पदमराज चौलागाँईले सिंहदरबारसँग भने, ‘अहिले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा बैंकको ज्याजती विरुद्ध आन्दोलन शुरु भउको छ । हाम्रो माग समयमै सम्बन्धित पक्षले पुरा नगरे देशव्यापी रुपमा बैंक बहिस्कार अभियान शुरु हुन्छ ।’

राष्ट्र बैंकले लिउको नीति, निर्देशनको पालना गर्दा बैंकमा तरलता अभाव सिर्जना भएको हुँदा त्यसको सामाधानको पाटो पनि राष्ट्र बैंकले नै खोज्नु पर्ने उनको भनाइ छ ।
‘राष्ट्र बैंकले कोभिड सहुलियत बन्द गरेर विभिन्न नीति निर्देशनमा कडार्ए गरेको छ, जसले गर्दा पनि बैंकहरु ब्याजदर बढाउन बाध्य भए, अब राष्ट्र बैंकले नै त्यस्ता नीति निर्देशन संशोधन तथा परिमार्जन गर्दै ब्याजदरमा हस्तक्षेप गर्नु पर्यो’ उनले थपे, ‘हामी ब्याज समेत तिर्न नसक्ने अवस्थामा छौं, बैंकहरु असुलीमा धितो लिलामी प्रक्रियामा गइरहेका छन्, यस्तै हो भने राष्ट्र बैंक र अर्थमन्त्रालयमा हामी चाबी समेत बुझाउन पुग्छौं ।’

कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाबाटत शुरु भएको सो आन्दोलनको माग समयमै पुरा नभए सबै व्यापारी तथा व्यवसायीहरुले बैंक खाता बन्द गर्ने, बैंक कारोबार बन्द गर्ने जस्ता कार्य गरी बैंक बहिस्कार अभियान देशव्यापी रुपमै चलाउने उनले बताए ।

‘राष्ट्र बैंकले चालुपुँजी कर्जा, कर्जा नविकरण लगायतका विभिद् व्यवस्थामा कडाई गर्दा हामी व्यापारी समस्यामा परेका छौं, यो समस्या लिएर हामी उद्योग वाणिज्य महासंघमार्फत् राष्ट्र बैंक र अर्थमनत्रालय पुग्ने तयारी गरेका छौं,’ उनले भने, ‘कोभिडको सहुलियत निजी क्षेत्रलाई अझै आवश्यक छ । हाम्रो व्यापार व्यावसाय जोगाउने कत्र्यव राज्यको पनि हो ।’

राष्ट्र बैंकले बढेको ब्याजदर घटाउँन हस्तक्षेप गर्दै निजी क्षेत्रलाई बैंकमार्फत् अन्य नीतिगत सहुलियत समेत दिनु पर्ने उनीहरुको माग छ ।

बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदासम्म बैंकको आधार दर (बेसरेट) वृद्धि गरेर पुनः ब्याजदर बढाइसकेका छन् । असोज महिाना अगावै १५/१६ प्रतिशत पुगेको कर्जा बयाजदर १८ प्रतिशतसम्म पुगेको हुँदा सो ब्याजदर तिर्ने नसक्दा व्यापारीहरु आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्