Shikhar Insurance

प्रभु बैंकले तीन महिनामै कमायो ७७ करोडौं, एनपिएल घट्दा अरु सूचक कस्तो ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०७:२१
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले ७७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३३.८४ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो । गत आवको सोही अवधिमा बैंकले ५७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा ३० करोड ९३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बैंकले सो अवधिमा १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ९७ करोड ९७ २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिको भन्दा ०.०७ प्रतिशत कम हो ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्