Shikhar Insurance

माछापुच्छ्रे बैंकको खुद नाफा ४५ करोड, लगानीकर्तालाई बाँढ्ने मिल्ने नाफा साढे १ अर्ब

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०७:४६
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ११ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको खुद नाफा गत आवको सोही अवधिको भन्दा १९.६५ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले १ अर्ब ३६ करोड रुपैयाँ सञ्चित नाफा रिजर्भबाट रिर्भस गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बैंकले सो अवधिमा १ खर्ब ४७ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.३० प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.३६ प्रतिशत, स्प्रेडदर ४.१९ प्रतिशत, सीडी रेसियो ८६.४४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ९० पैसा, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३० पैसा र तरलता अनुपात २१.४५ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्