Shikhar Insurance

एनएमबि बैंकको खुद नाफा ९० करोड रुपैयाँ, अन्य वित्तीय सुचांक कस्ता?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०८:१८
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले ९० करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा २ अर्ब २३ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले ४९ करोड ३८ लाख रुपैयाँ रिजर्भबाट रिर्भस भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बैंकले सो अवधिमा १ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ५ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.९० प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.१५ प्रतिशत, स्प्रेडदर ३.७९ प्रतिशत, सीडी रेसियो ८६.९४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ६० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्