Shikhar Insurance

३ महिनमै सानिमा बैंकले कमायो ५३ करोड रुपैयाँ खुद नाफा, बाँढ्न मिल्ने मुनाफा १ अर्ब ४० करोड

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०९:१६
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.३५ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा १ अर्ब ४० करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बैंकले सो अवधिमा १ खर्ब ५२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९० प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५० प्रतिशत, स्प्रेडदर ३.९१ प्रतिशत, सीडी रेसियो ८६.११ प्रतिशत, प्रतिसेयर आम्दानी १८.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.२७ गुणा, प्रतिसेयर नेटवर्थ १५३.५९ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्