Shikhar Insurance

सेञ्चुरी बैंकको नाफा १४.८१ प्रतिशतले बढेर ३१ करोड

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०९:०४
NIMB
Nabil Bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफा १४.८१ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधीको तुलनामा बैंकको नाफा ४ करोडले बढेको हो । सो अवधीमा बैंकको नाफा जम्मा २७ करोड थियो भने यसपाली ३१ करोड रुपैयाँ पुगेको छ । बैंकले पहिलो तीन महिनामा ५४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।

यो अवधीमा बैंकले ९५ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरि एक अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । ९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेञ्चुरीको प्रति सेयर आम्दानी १३.१४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.५२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्