Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्ब १४ करोड, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०९:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २२ करोड अर्थात २३.९१ प्रतिशतले बढी हो । २०७८ असोज मसान्तमा बैंकको नाफा ९२ करोड रुपैयाँ रहेको थियो ।

बैंकले प्रकाशित गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार वितरण योग्य नाफा एक अर्ब ८० करोड रुपैयाँ रहेको छ । बैंकले पहिलो तीन महिना अवधीमा एक खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ६८ अर्ब कर्जा लगानी गर्दा २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

१८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको स्प्रेड दर ३.८८ प्रतिशत, आधार ब्याजदर ९.३९ प्रतिशत, प्रति सेयर नेटवर्थ १९२.३२ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २४.९२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्