Shikhar Insurance

एनआईसी एशियाको नाफामा उछाल, ४८ प्रतिशतले बढेर पुग्यो पौने २ अर्ब

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०९:५३
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा गत आवको सोही अवधीको तुलनामा ५७ करोड अर्थात ४८.३० प्रतिशतले बढाएर एक अर्ब ७५ करोड रुपैयाँ पुर्याएको हो । गत आवको पहिलो त्रैमासिकमा बैंकको नाफा एक अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । बैंकको वितरण योग्य नाफा नै ४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब एक करोड रुपैयाँ रहेको छ ।  एनआईसी एशियाले असोज मसान्त अवधीमा ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरि ३ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३१.६३ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.३९ प्रतिशत, आधार ब्याजदर १०.६७ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत, कस्ट अफ फण्ड ८.१८ प्रतिशत र खराब कर्जा ०.४९ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्