Shikhar Insurance

वाणिज्य बैंकहरुको खुद नाफा करिब १९ अर्ब, कुमारीले छलाङ मार्दा ११ बैंकको वृद्धिदर नेगेटिभ

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले ३ महिनामै करिब १९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
जुन गत आवको सोही अवधिको तुलनामा ८.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा यी वाणिज्य बैंकहरुले १७ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

चालु आवको पहिलो त्रैमासमा १५ वटा वाणिज्य बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ भने ११ वटा बैंकको घटेको छ । सो अवधिमा १५ बैंकको खुद नाफा ६.९५ प्रतिशतदेखि ८५.०७ प्रतिशतसम्म वृद्धि हुँदा ११ बैंकको ०.२४ प्रतिशतदेखि ६१.५० प्रतिशतसम्मले घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

खुद नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा कुमारी बैंकले छलाङ मारेको छ । गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा बैंकले ८५.०७ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पहिलो त्रैमासमा कुमारीले ५४ करोड रुपैयाँ खुद नाफा कमाएको चालु आवको सोही अवधिमा १ अर्ब रुपैयाँ खुद नाफा कटाएको हो । नाफामा उच्च वृद्धि गवर्ने सूचीको दोस्रो नम्बरमा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा ६८.३९ प्रतिशतले वृद्धि गरी ८१ करोड १३ लाख रुपैयाँ पुर्याएको हो ।

यस्तै, खुद नाफाको परिमाणको आधारमा भने चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले कमाएको छ । सो अवधिमा बैंकले ४८.७९ प्रतिशतले खुद नाफामा वृद्धि गरी १ अर्ब ७५ करोड रुपैयाँ प्ुर्याएको हो । नाफाको परिमाणमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा ४१.३० प्रतिशतले वृद्धि गरी १ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्