Shikhar Insurance

राष्ट्रपति र प्रधानमन्त्रीले भाइटीका मनाएनन्

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १०, बिहीबार १५:५७
NIMB
Nabil Bank

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइदिएकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, प्रधानमन्त्री देउवाले पनि भाइटीका लगाएनन् । प्रधानमन्त्री देउवाले भ्रातृशोकमा रहेका कारण भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्