Shikhar Insurance

डेढ दर्जन तारे होटल थप हुँदा बैंककाे कर्जा होटल क्षेत्रमा ३०१.७१%ले वृद्धि, कुल कर्जा १ खर्ब ६० अर्ब नाध्याे

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १६:५३
NIMB
Nabil Bank

काठमाडाैं । पछिल्लो छ वर्षमा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर १ खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा कुल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए ।

जुन सन् २०१९ को तुलनामा २४.७ प्रतिशतले बढी थियो । सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।

बढ्दै तारे होटल
सन् १९५० मा फ्रान्सका मउसाइस हेजजोग र लोइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभर नेपालको चर्चा शुरु भयो । विभिन्न देशबाट पर्यटकहरु आउन खाउने क्रम बढेसँगै तारे होटलको आवश्यकता महसुस भएको मानिन्छ ।

फलस्वरुप सन् १९६५ मा राजपरिवारका सदस्यहरुको अग्रसरतामा पहिलोपटक नेपालमा पाँचतारे होटल सोल्टी सञ्चालनमा आयो ।

पञ्चायतकालमा कुनै पनि व्यवसाय गर्दा राजपरिवारको संलग्नता हुनु अस्वभाविक थिएन । आजका दिनमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह सोल्टी होटलमा सबैभन्दा ठूला सेयरधनी हुन् । पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो भने त्यसको सात वर्षपछि नयाँबानेश्वरमा द होटल एभरेष्ट इन्टरनेशनल सञ्चालनमा आयो ।

त्यसपछि २०६३ सालसम्म पाँच वटा पाँचतारे होटलहरु थपिए । मुलुकमा गणतन्त्र स्थापना भएपछि पाँचतारे होटलको सङ्ख्या मात्रै शतप्रतिशतले बढेको छ ।

अर्थात् हाल पाँचतारे होटलको सङ्ख्या १७ पुगेको छ र हाल निर्माणाधीन पाँचतारे होटलको सङ्ख्या डेढ दर्जनको हाराहारीमा छ । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको सङ्ख्या कम्तीमा ३४ वटा हुनेछ ।

वर्षौंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरुको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्