Shikhar Insurance

चुनाव पछिमात्रै बैंक विरुद्ध आन्दोलन गर्न महासंघको आग्रह

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १९:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक विरुद्ध आन्दोलन तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । बुधबार महासंघले एक विज्ञप्तीमार्फत् आन्दोलनरत आफ्ना सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पछिमात्रै सो आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ– ‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ । तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको बिषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ । साथै निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पनि महासंघ आग्रह गर्दछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

यद्धपि तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष महासंघले जोडदार माग राखेको छ । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको महासंघको भनाइ छ ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहने महासंघले विज्ञप्तीमा उल्लेख गरेको छ । निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम गर्ने घोषणा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्