Shikhar Insurance

सानिमा बैंक अब काठमाडौंको सितापाइलामा पनि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २५, शुक्रबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपले सितापाइला शाखा कार्यालयको उद्घाटन गर्दै सेवा आरम्भ गरेका हुन् ।

बैंकका अध्यक्ष पौडेलले सितापाइला शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिने बताए । उनले व्यवसायीक सम्भावना देखिने अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्