Shikhar Insurance

देशभर ६ हजार ४८६ व्यावसायिक पशुपालन फार्म सञ्चालन, गाईभैंसीबाट बार्षिक करिब ७ करोड लिटर दूध उत्पादन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा कूल ६ हजार ४८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वेक्षणको नतिजाअनुसार देशभर १ हजार २३३ वटा गाईपालन फार्म र ९१४ वटा भैँसीपालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगापालन फार्म, २ हजार २९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि ११८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि ३६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म १९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म २६५ वटा रहेको देखाएको छ ।

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् १ हजार २७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् ४०४ वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार ८७३ वटा गाई/गोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार ७५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार ३८० (६३ प्रतिशत) र ९ हजार १०४ (३७ प्रतिशत) रहेको छ ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ९ हजार ३६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा कमअर्थात् २ हजार २७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार ६५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार ४४७ (७१ प्रतिशत) रहेको छ ।

यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार ८४१ (६१ प्रतिशत) र ६ हजार ९३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार ४६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् १ हजार ६३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

सर्वेक्षणले नेपालमा जम्मा १ लाख ५० हजार ५६८ वटा बाख्रा, ८८ हजार ४२१ वटा भेडा र ३८ हजार ३६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार ३८० वटा दूध दिने गाई ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन भएको देखाएको छ ।

यसैगरी व्यावसायिक फार्म बाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा ७९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्