Shikhar Insurance

चुनाव जितेपछि मलाई खोज्दै हिड्नु पर्दैन, तपाइहरुको दुःखसुखमा सधैं साथ रहन्छुः श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १२:२६
NIMB
Nabil Bank

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ (क) का कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठले निर्वाचनमा जीत हासिल गरेपछि आफूलाई नमस्कार गर्न खोज्दै हिड्नु नपर्ने बताएका छन् ।

चुनावी अभियानको शिलशिलामा जनताको घरदैलोमा पुग्दा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले आफू सँधै स्थानीय जनताको सुखदुःखमा साथै रहेन बताए । उनले भने–‘तपाई मलाई खोज्दै हिड्नु पर्दैन, म आफैं तपाईहरुलाई नमस्कार गर्दै आउने छु ।’

Citizen Life
Kumar Bank
Nepal Life

निर्वाचनको मिति नजिकिंदै गर्दा जनताको घरदैलोमा पुग्ने कार्यक्रम अन्तिम चरणमा रहेको र अब मतदाता शिक्षामा सक्रिय भएको एकीकृत समाजवादीका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालले बताए । कलम छापका उम्मेदवार श्रेष्ठको जीत सुनिश्चित रहेको उनले बताए ।

रौतहट क्षेत्र नम्बर ४ (क) मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा र बृन्द्रावन नगरपालिकाका ३ वटा वडा पर्छन् । १–२ वटा वडा बाहेक सबैमा कलम छापका उम्मेदवार निकै अगाडि रहेको दाहालले बताए । अबको ३–४ दिन अझै चनाखो भएर निर्वाचन अभियानमा जुट्न सम्पूर्ण नेता कार्यकर्ता र आम जनसमुदायमा उनले अनुरोध गरे ।

अन्य दलका प्रतिष्पर्धी उम्मेदवार भन्दा कलम छापका उम्मेदवार हरेक हिसावले अब्बल रहेको र श्रेष्ठको स्वच्छ छबिनै जीतको दरिलो आधार रहेको समाजवादीका नगर अध्यक्ष दाहालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्