Shikhar Insurance

शिखर इन्स्योरेन्सले ३ महिनामै गर्याे साढे १३ करोड खुद नाफा,बीमा शुल्क १.५४ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १३:२६
NIMB
Nabil Bank

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलाे ३ महिनामा साढे १३ करोड खुद नाफा कमाएकाे छ । कम्पनीले चालु आवकाे पहिलाे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै साे अवधिमा १३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे उल्लेख गरेकाे हाे । जुन गत आवकाे साेहि अवधिकाे तुलनामा  ०.८९ प्रतिशतले वृद्धि भएको हो। गत आवकाे पहिलाे त्रैमासमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

साे अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि १.५४ प्रतिशले बढेको छ । गत आर्थिक वर्षको पहिलाे त्रैमास ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको साेहि अवधिमा ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हाे।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले बढेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

२ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ७१ लाख रुपैयाँ संचिति रहेको छ। लगानी कर्जा तथा अन्यबाट ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ।

बीमा कोष १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बीमा कोषको आकार ११.५४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष बीमा कोषको आकार १ अर्ब ३६ करोड २० लाख रुपैयाँ थियो।

यसै अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ। कम्पनीको प्रति सेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्