Shikhar Insurance

गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा ६ करोड ३५ लाख रुपेयाँ

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्मा कम्पनीको खुद बीमा शुल्क आर्जनमा १३.९१ प्रतिशतको गिरावट देखिएको छ ।

गत आवमा ८६ करोड ३३ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७४ करोड ३२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, कम्पनीको खुद मुुनाफा ५४.८८ प्रतिशतले बढेर ६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमीशन ३१.७७ प्रतिशत र व्यवस्थापन खर्च १६.०४ प्रतिशतले घटेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रहेको छ । कम्पनी हाल युनियन र प्राईमसँग मर्जरको प्रकृयामा रहेको छ।

त्यस्तै, यस त्रैमासमा कम्पनीको जगेडा कोषमा ६४ करोड ४५ लाख संचित छ । गत आवको तुलनामा १२.०२ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ५७ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको जीवन बीमा कोष २०.५२ प्रतिशतले बढेर १३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आवको जीवन बीमा कोषमा १० अर्ब ८८ करोड रुपैयाँ थियो ।

कम्पनीका अनुसार कम्पनीले २४ करोड १३ लाख खुद दावी भुक्तानी गरेको छ भने २० लाख दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रप्रति सेयर नेट्वर्थ १३४ रुपैयाँ ८३ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्