Shikhar Insurance

कोरोना बीमाको पैसा तयार राख्न कम्पनीहरूलाई संघको पत्र, पुनर्बीमाले दायित्व बहन गरेमात्रै वितरण

सिंहदरबार संवाददाता
२०७९ मंसिर २, शुक्रबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी बापतको रकम वितरणको तयारी गर्न बीमा कम्पनीहरुलाई पत्रचार गरेको छ । शुक्रबार संघले सबै सबै निर्जीवन बीमा कम्पनीहरुलाई आ–आफनो दायित्वमा परेको कोरोना दावी भुक्तानी वापतको रकम वितरणको लागि आवश्यक सम्पुर्ण तयारी गरिसक्न आग्रह गरेको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अर्थात् मंसिर ४ गते अघिनै वितरण गर्नुभन्दै गत असोज २३ गते नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । जसलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीलाई दायित्व भुक्तानीको लागि बाँडफाँड गरिएको थियो । जसअनुसार बीमा प्राधिकरणलाई ८ प्रतिशत, बीमा कम्पनीहरुलाई २५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीलाई १२ प्रतिशत भाग परेको छ । सोही अनुसार कम्पनीहरुले संचालक समितिबाट पास गराएर दावी भुक्तानीको आवश्यक तयारी गर्न आग्रह गरिएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘पुनर्बीमाबाट पैसा आउनै बाँकी छ, त्यहाँबाट पैसा आएपछि पुलले कम्पनीहरुलाई चेक पठाइदिन्छ,’ संघका अध्यक्ष क्षेत्रीले सिंहदरबारसँग भने, ‘त्यही अनुसार आफ्नो भागमा परेको रकम भुक्तानीको लागि मोडालिटी तयार गरी पठाएका छौं, कम्पनीहरुलाई सोही अनुसार बोर्डबाट पास गराइ तयारी अवस्थामा रहन सुचितमात्रै गराएको हो ।’

सरकार र प्राधिकरणले पुलमा पैसा पठाइसकेको भएपनि पुनर्बीमा कम्पनी पैसा पठाएको छैन । पुनर्बीमा कम्पनीले आफ्नो दायित्व वापतको रकम पुलमा पठाउन ढिलाइ गरेको कारणले गर्दा दावी भुक्तानी वितरणमा ढिलाई भएको क्षेत्रीको भनाई छ ।

अर्थमन्त्रालयले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत अर्थात् १४ करोड ८४ लाख रुपैयाँ प्राधिकरणले, १२ प्रतिशत अर्थात् २२ करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुले (एक कम्पनीको भागमा २ करोड २७ लाख रुपैयाँ) वहन गर्ने मोडालिटी बीमा प्राधिकरणले र बीमा कम्पनीहरु मिलेर बनाएका थिए । सरकारले पठाएको १ अर्ब रुपैयाँ प्राधिकरण, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले थप गरी १ अर्ब ८१ करोड ८४ लाख ८४ हजार ८१४ रुपैयाँ बीमितमा भुक्तानी गर्न लागिएको हो ।

बीमक संघले कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढि भुक्तानी आकष्मिक बीमाकोषबाट मिलान गरि संचित मुनाफामा सार्न सकिने कम्पनीहरुलाई जानकारी गराएको छ । सो खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने बीमा प्राधिकरणले आश्वासन दिएको समेत बताएको छ । जसका कारण बीमकहरुको वित्तिय विवरणमा खासै ठूलो असर नपर्ने संघले जनाएको छ ।

संघले कोरोना बीमा दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको मात्रै दाबी भुक्तानी गर्न भनेको छ । समानुपातिक रुपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दाबी संख्या भन्दा बढी रकम नदिन समेत निर्देशन दिएको छ ।

संघले पत्रमार्फत कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा नियामक निकायबाट भएको अथक पहललाई मध्यजनर गरी तथा कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढी भुक्तानी आकस्मिक बीमाकोषबाट मिलान गरि सञ्चित नाफा सार्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्