Shikhar Insurance

‘क्षितिजबाट उज्यालोको किरण देख्न थालेको छु, सेयर बजारमा पक्कै नयाँ पालुवा पलाउनेछन्’

अम्बिका प्रसाद पाैडेल
२०७९ मंसिर २, शुक्रबार २०:०९
NIMB
Nabil Bank

ब्रोकरहरुको संख्या थपिदै छ,

नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुक बिल्डिंङको कार्य अघि बढी रहेको छ,

धितोपत्र बजार न्यून बिन्दुबाट बिस्तारै माथि लाग्दै छ ।

रेमिट्यान्स वृद्धिको ग्राफ बढ्दो छ,

वैदेशिक मुद्रा सञ्चिति सुधार भईरहेको छ ।

लामो समय पछि सीडी रेसीयो सुविधाजनक स्थानमा आएको छ,

बैंकिंङ क्षेत्रको डिपोजिटले नयाँ उचाई कायम गरेको छ ।

पर्यटकको आगमन बढेको छ,

कच्चा तेलको मूल्य यो आर्थिक वर्ष देखि नै घटिरहेको छ ।

स्थानीय निर्वाचन सम्पन्न भै सकेको छ,

अब प्रदेश र संघको निर्वाचन छिट्टै हुँदै छ ।।

त्यसैले आगामी दिनमा पूँजीगत खर्च राम्रो सँग हुने छ।

यी सबै सकारात्मक कुराहरूले बिगतमा चिसिएको आर्थिक गतिविधिहरु बिस्तारै तात्दै गरेको देखिन्छ।

आशा गरौं आगामी दिनमा आर्थिक सूचकांकहरु अझैं सुधार भई अर्थतन्त्र थप चलायमान भई राजश्व लक्ष्य अनुरुप प्राप्ति हुने छ भने क्रमश ऋणको ब्याजदर पनि घटने छ।

यिनै आशाका किरणहरुले पक्कै नयाँ पालुवालाई फक्रन सहयोग गर्ने छ। मैले पर क्षितिजबाट उज्यालोको किरण देख्न थालेको छु,

सेयर बजारमा आशाका पक्कै नयाँ पालुवा पलाउनेछन् ।

 (पौडेल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् लगानीकर्ताका लागि सेयर बजार सम्बन्धी राखेका सकरात्मक भावनाको साभार )

GBIME

प्रतिक्रिया दिनुहोस्