Shikhar Insurance

काठमाडौं ४ मा गगन थापाको ह्याट्रिक, प्रधानमन्त्री बन्ने घोषणा

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १२:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र न. ४ मा ह्याट्रिक जित हासिल गरेका छन्। थापाले नेकपा(एमाले)का डा. राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०२ मत ल्याउँदा एमालेका उम्‍मेदवार भट्टराईले १३ हजार ८५५ मात्र मत मात्रै ल्याए ।

थापाले अब संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गरेर प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । थापा चौथो पटक संसद प्रवेश गरेका हुन् । उनी २०६४ सालमा समानुपातिक सांसद थिए भने २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचन जितेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्