Shikhar Insurance

धादिङ–क्षेत्र नम्बर २ मा कांग्रेसका अधिकारी अग्रता

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार ११:०७
NIMB
Nabil Bank

धादिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले ६ हजार ४ सय मत गणना सकिएको छ ।

मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले ४ सय ५ मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले २ हजार ९ सय ६१ मत पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले २ हजार ५ सय ५६ मत पाएका छन्। धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१) मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले १ हजार ५ सय ५७ मत पाएका छन् भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले १ हजार ४ सय ९२ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा (२) मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले १ हजार ६ सय १० मत पाएका छन् भने गठबन्धनका सिङ्खडाले १ हजार ५ सय ६७ मत पाएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्