Shikhar Insurance

कञ्चनपुर क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखकको अग्रता कायमै

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १४:११
NIMB
Nabil Bank

महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक ३ हजार ६ सय ८७ मतसहित अग्रस्थानमा छन् ।

सत्ता गठबन्धनका उम्मेदवार उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लगेका हुन् । यहाँ १६ हजार १ सय ८७ मत गणना हुँदा लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की निरुदेवी पालले ४ हजार ६ सय ८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले ७ सय ९० मत पाएका छन् भने दुई वटा प्रदेशसभा रहेको निर्वाचन क्षेत्र नं ३ मा प्रदेशसभा सदस्यको गणना समेत जारी छ ।

९७ हजार ८ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार ९ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदको अग्रता कायम छ । यहाँ ८ हजार ६ सय ९८ मत गणना हुँदा उनले ३ हजार ४ सय ४८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले ३ हजार २ सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यहाँ पनि दुवै प्रदेशसभासदस्यको गणना भइरहेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका धामीसित कांग्रेस नेता साउद पराजित भएका थिए । १ लाख ५ हजार ५ सय ७७ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ मा ६५ हजार १ सय ४६ मत खसेको थियो । त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ गणनाको सुरुवातदेखि अग्रस्थामा छिन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले २ हजार २ सय १७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले १ हजार ५ सय ७५ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेशसभाको पनि मत गणना जारी छ । ९९ हजार एक सय १० मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ मा ६४ हजार २ सय ३९ खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्