Shikhar Insurance

बीमा अभिकर्ता परीक्षाको जिम्मेवारी कम्पनीलाई, तालिम प्राप्तले समेत परीक्षा पास गर्नुपर्ने

 उतिर्णाङ्क ५०, यस्ताे छ परीक्षाको संचालन मापदण्ड
सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता बन्नको परीक्षा लिने जिम्मेवारी लागि कम्पनीहरुलाई नै दिएको छ । प्राधिकरणले नयाँ तथा यसअघि नै अघि नै बीमा अभिकर्ताको तालिम प्राप्त गरिसकेकाहरुलाई परीक्षा लिएर उत्तीर्ण हुनेहरुलाई मात्रै लाइसेन्स वितरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा ऐन, २०७९ जारी भई २०७९ कात्तिक २२ गतेदेखि कार्यान्वयनमा आएको आइसकेको छ । उक्त ऐनको दफा ९२ को उपदफा (२) मा “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए वमोजिमको परीक्षा उतिर्ण गरेको हुनुपर्नेछ भन्ने व्यवस्था छ । सोही व्यवस्था कार्यान्यवनको लागि तत्काललाई बीमा अभिकर्ताहरको परीक्षा लिने जिम्मेवारी कम्पनीहरुलाई नै दिइएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अर्को निर्णय नहुँदासम्म अभिकर्ता बन्न चाहनेहरुको परीक्षा सम्बन्धित बीमा कम्पनीहरुले नै लिनुपर्नेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने, ‘बीमा ऐन लागु हुनपुर्व तालिम लिएर अभिकर्ताको लाइसेन्स प्राप्त नगरेको व्यक्तिहरुले समेत यस्तो परीक्षा दिनुपर्छ ।’ केही समयपछि यस प्रकारको अभिकर्ता परीक्षा प्राधिकरणले नै लिएर उत्तीर्ण हुनेलाई मात्रै लाइसेन्स वितरण गर्ने उनको भनाइ छ ।

प्राधिकरणको मंसिर ६ गतेको निर्णय अनुसार बीमा कम्पनीहरुले अभिकर्ता परीक्षा लिनको लागि उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण गर्नु पर्नेछ । साथै, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कम्पनीहरुले कायम गर्नु पर्नेछ । बीमा कम्पनीहरुले तयार पारेको प्रश्नपत्र समितिले परीक्षाको अङ्कभार १०० तथा उतिर्णाङ्क ५० हुनेछ । यसअघिसम्म एलएलसी वा एसइइ उत्तीर्ण भएका व्यक्तिलाई सम्बन्धित बीमा कम्पनीले १८ घण्टा आधारभुत तालिम दिएपछि प्राधिकरणले अभिकर्ताको लाइसेन्स दिने गरेको थियो ।

परीक्षाको संचालन मापदण्ड

क. परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्नेछ ।

ख. परीक्षाको अङ्कभार १०० तथा उतिर्णाङ्क ५० हुनेछ । ग. प्रश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्नेछ ।

घ. परीक्षा उतिर्ण गरेको प्राप्तङ्क सहितको प्रमाणपत्र जारी गर्नु पर्नेछ ।

ङ. परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ।

च. परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नु पर्नेछ । छ. परीक्षाको पाठ्यक्रम यसैसाथ संलग्न छ ।

बीमित र बीमकबीचमा समन्वय गराउँदै व्यवसाय विस्तार गर्न अभिकर्ताको मुख्य भुमिका हुन्छ । तर, पछिल्लो समय केही अभिकर्ताहरुले नियतवस नै बीमाको गलत प्रयोग गरेको घटनाहरु बाहिर आएपछि लाइसेन्स वितरणमा प्राधिकरणले कढाइ गर्दै परीक्षा प्रणाली लागु गरेको हो । प्राधिकरणले गुणस्तर र योग्य अभिकर्ता निर्माणको लागि परीक्षा प्रणाली लागू गरेको पौडेलेको भनाई छ।

‘प्राधिकरणले परिमाणका अभिकर्ताभन्दा गुणस्तरका अभिकर्ता बनाउन खोजेको हो, क्वालिटको अभिकर्ता भएमात्रै बीमाको नाममा समाजमा घटिरहेका घटना घट्दैन,’ उनले भने, ‘कुन व्यक्तिको आर्थिक क्षमता कति छ? कस्तो नियतले बीमा गर्न खोजिरहेको छ? लगायतमा जानकार अर्थात् पहिलो अन्डर राइटर अभिकर्ता नै हो, कम्पनीले १८ घण्टे तालिम दिएकै भरमा अभिकर्ता बन्न पाइने भएपछि विभिन्न प्रकारका विकृति शुरु भएको हो, अब योग्यता बढाएर परीक्षा पास हुनेलाई मात्रै लाइसेन्स दिन्छौँ ।’–उनले भने ।

हालसम्म बीमा समितिले साढे २ लाख भन्दा बढीलाई अभिकर्ताको लाइसेन्स दिएको भएपनि सक्रिय भएरका काम गर्ने करिब १ लाख जनामात्रै रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्