Shikhar Insurance

यी ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स दिँदै प्राधिकरण, छनौटमा पर्नेकाे सेवा कहाँबाट?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाईसेन्स दिने भएको छ । प्राधिकरणले ३ लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल ७ कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको हो।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघुबीमा कम्पनीको लागि आवेदन माग गरेको थियो । जसमा ३१ वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका कम्पनीहरुमध्ये ७ कम्पनीलाई लाईसेन्सको लागि छनौट गरेको प्राधिकरणले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले छनौट गरेको लघुबीमा कम्पनीहरुमा जीवनतर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइको लाईफ इन्स्योरेन्स र लिबर्टी माइको लाईफ इन्स्योरेन्स रहेका छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यी ७ कम्पनीको मुख्य कार्यालय छुट्टाछुट्टै प्रदेशमा रहने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्