Shikhar Insurance

बालेनको डोजरकै पक्षमा उभिए मन्त्री चौधरी, ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गर्ने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १७:०९
NIMB
Nabil Bank

काठमाडौं । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने विश्वास दिलाएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले भने,‘सुकुम्बासी समस्याको कुरा चर्को रुपमा उठेको छ। इसमा घट्ना घटेको छ, यसमा म दुःख व्यक्त गर्न चाहन्छु । सुरक्षाकर्मीमाथि प्रहार भएको छ, उता महागरको तर्फबाट डोजर चलाउने काम भएको छ । घट्ना घट्ने कुरा राम्रो होईन । काठमाडौंलाई सुन्दर शहरका रुपमा विकास गर्न काठमाडौं बाग्मती कोरिडोर निर्माण गर्नुपर्छ, त्यसको लागि त्यहाँका सबै घर भत्किनुपर्ने जरूरी छ । तर, उहाँहरुको व्यवस्थापन पनि गर्नुपर्छ । अहिले हामीले ईचंगुनारायणमा ३२५ घरपरिवारलाई पुग्ने सुविधासम्पन्न अपार्टमेन्ट बनाएका छौं ।, त्यहाँ बस्न पटक–पटक भनेका छौं । उहाँहरु जानुभएन । उहाँहरु गएको भए, यो समस्या उत्पन्न हुने थिएन ।’

उनले थापाथलीको सवालमा भने सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाईएका र स्टल बनाएर भाडा असुल्ने काम भएको भन्दै आपत्ति जनाए । उनले भने,‘त्यहाँ ठूला भवन र स्टल बनाएर भाडा असुली गर्ने काम भएको छ । यो विषयमा पनि हाम्रो ध्यान पुगेको छ। सुकुम्बासी समस्या समाधानको लागि संवैधानिक रुपमा कानून निर्माण गरेका छौं । सम्भवतः तीन वर्षभित्र देशभरिको सुकुम्बासी समस्या हल गर्छौं । सुकुम्बासीको नाममा भाडा असुली गर्नेहरुलाई, ती व्यक्तिको विषयमा नोटिस गर्छौं । सरकारले के गर्नुपर्ने हो, त्यो गर्छौं । सुकुम्बासी समस्या समाधान हामी वेल म्यानेज तवरले व्यवस्थापन गर्छौं ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने सुनाए । उनले भने,‘रेन्ट हामी तिर्छौं । तिर्नुपर्ने ठाउँमा सरकार पुगेको छ। अनधिकृत रुपमा घर बनाएर असुली गर्नेहरुलाई कारबाही गर्छौं ।’ उनले काठमाडौं महानगरपालिकाले चालेको कदमको स्वागत गरे । उनले भने,‘यो त समाजले व्यवस्थापन गर्नुपर्छ । महानगरले कुटपिट गर्ने कुरा बेठिक हो । तर, जे काम गरेको ठीक गरेको छ । दुर्घटना नमित्याईकन व्यवस्थापन गर्नुपर्छ । ३५ दिनभित्र कुनै न कुनै तवरले समस्या समाधान गर्छौं ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्