Shikhar Insurance

आयात प्रतिबन्ध र चर्काे ब्याजदरले ‘थला परियो भन्दै अटोमोबाइल व्यवसायीले घोषणा गरे आन्दोलन

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । अटोमोवाइल एसोसियसन नेपाल (नाडा)ले सरकार तथा नेपाल राष्ट्र बैंकका बिरुद्धमा चारणबद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नाडाले व्यवसाय बन्द हुने चरणमा पुगेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नाडा अध्यक्ष ध्रुव थापाले भने “ राज्यको बिभेदकारी नीति तथा बैंक तथा राष्ट्र बैंकको मनोमानीका कारण नेपालको अटोमोवाइल क्षेत्र तथा एसमा भएको १ खर्व भन्दा धेरैको लागानी समेत जोखिममा परको छ ।”

“ बिगत एकवर्षदेखि लागेको आयात प्रतिवन्ध, ५० देखि १०० प्रतिशत सम्मको नगद माजिर्न राखेर प्रतित पत्र खोल्नु पर्ने, चालु पूँजी कर्जा मार्गदशन २०७९ , अनियन्त्रीत व्याजदर लगायतका कारणले व्यवसाय धरासायी भएको, करिव सयको संख्यामा डिलर तथा सोरुमहरु बन्द भएको तथा अरुधेरै बन्दहुने अवस्थामा रहेको छ । यस्ता समस्या समाधानका लागि सयौं पटक अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायतका सरोकारवाला निकायमा छलफल गरेपनि राज्यको तर्फबाट कुनैपनि सुनुवाइ नभएकाले नाडा आन्दोलनमा जान वाध्य भएको छ । आन्दोलन हाम्रो रहर हैन बाध्यता हो ” थापाले भने

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै नाडाका उपाध्यक्ष सुनिल रिजालले भने “ सरकारको राजस्वमा २१ प्रतिशत राजस्वमा प्रत्यक्ष योगदान गर्ने, प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाख भन्दा धेरैलाई रोजगारी दिने, निर्जिवन बीमाको ५० तथा विज्ञापन बजारको ४० प्रतिशत हिस्सेदार अटोमोवाइल क्षेत्रनै धरासायी हुँदा समेत राज्यले कुनै चासो नदिएको प्रतिबन्द कडाइ लगायतका कार्यलाइ निरन्तरता दिएकाले अटोमोबाइल क्षेत्रलाइ जोगाउनका निम्ती विविध माग सहित नाडा आन्दोलनमा जान बाध्य भएको बताए ।

यस्तो छ नाडाको मागहरु

विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि. माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने ।

नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने ।

सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।

नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।

अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।

बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडि रेसियो लाई पूनरावलोकन गर्नु पर्ने ।

बैकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।

त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टू भ्यालु रेसियोको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत
कायम गर्नु पर्ने ।

पूर्नकर्जा नविकरण गर्ने म्याद एक बर्षको लागि थप गरिनु पर्ने ।

कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।

यस्तो छ नडाको चरणबद्ध आन्दोलनका कार्यक्रम

२०७९ मंसिर १६ गते प्रेस मिट गरेर सम्पूर्ण हाम्रा कार्यक्रमहरू मिडिया समक्षजानकारी गराउने र मिडियाको सहयोग लिने ।

नाडाद्वारा तय गरिएका नाराहरु सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।

नाडाद्वारा तय गरिएका नाराहरु व्यवसायीले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडी टांसेर हिँड्ने ।

नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।

विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।

२०७९/०८/२२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।

सोही दिन औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यज्यूहरुलाई एकै पटक परिचालन गर्ने ।

मङ्गसिर २२ गतेसम्म पनि मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्