Shikhar Insurance

धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार १२:४३
NIMB
Nabil Bank

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा आज (मंसिर १८ गते आईतबार) हस्ताक्षर गरेका हुन् ।

एक आपसमा गाभ्नेरगाभिने(मर्जर) गर्ने सम्झौतामा हस्ताक्षर भएबमोजिम कम्पनीहरुले आधारभुत सेयरधनीको सेयर रोक्का राखी दिनका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्स)लाई पत्राचार गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेक हुन् । सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्