Shikhar Insurance

बिफिनले लगानीकर्तालाई १४.७० प्रतिशत नगद लाभांश वितरण गर्दै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार १३:२९
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इनष्टिच्युट अफ नेपाल (बिफिन) ले लगानीकर्तालाई १४.७० प्रतिशत लाभांश वितरण गर्न भएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित सहित पुस १४ गते वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको मंसिर मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजन सहित गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई चुक्तापुँजीको १४.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांश पारित लगायत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव साधारण सभामा पेश हुनेछ । साथै, आव २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि कम्पनीले बोलाएको आफ्नो केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ साधारण सभामा पेश हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिफिन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघु वित्त संस्थाहरु र पूँजी बजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्