Shikhar Insurance

एनटीसीको मोबाइल रिचार्जमा बोनस डाटा पाइने, यस्तो छ अफर

सिंहदरबार संवाददाता
२०७९ मंसिर १९, सोमबार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । कम्पनीका ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

२ सयको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५ सयको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

टेलिकमले यो अफर मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्