Shikhar Insurance

गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको आयात खुल्यो

सिंहदरबार संवाददाता
२०७९ मंसिर २०, मंगलवार १९:४७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी पुस १ गतेदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हाे ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरुमा आयात प्रतिबन्ध निरन्तर दिएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

अब भने सरकारले पुषदेखि सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाउने जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्