Shikhar Insurance

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभामा बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभा प्रयोजनका लागि बैंकले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्