Shikhar Insurance

देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छः प्रचण्ड

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार ११:५३
NIMB
Nabil Bank

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेर बहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको दावी गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आफु र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको दाबी गरेका हुन् ।

उनले देउवासँग लिखित सहमति नगरेको तर आलोपालोमा जाने भनेर छलफल र समझदारी बनेको बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख जस्ता पदहरुमा प्याकेजमै सहमति खोजिने पनि स्पष्ट पारे । उनले आफुलार्य प्रधानमन्त्री पद नै चाहिन्छ भन्ने केहि पनि नभएको तर अवसर आएमा देशका लागि केहि गरेर देखाउने इच्छाशक्ति रहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्