Shikhar Insurance

सूर्या र ज्योति लाइफको एकिकृत कारोबार पुस ७ गते हुँदै

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार २०:२३
NIMB
Nabil Bank

काठमाडौं । गत असार दोस्रो साता आपसमा मर्जरको सहमति गरेका ज्योति लाईफले यही पुस ७ गते एकिकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरको सम्पुर्ण प्रक्रिया समाप्त गरेपछि नेपाल बीमा प्रधिकरणले यी कम्पनीहरुलाई एकिकृत कारोबार गर्न मितिमा स्वीकृति दिएको हो ।

पुस ७ गते बिहीबारदेखि यी कम्पनीहरु ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार शुरु गर्नेछन् । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । सूर्या लाईफ र ज्योति लाइफबीच १ बराबर ०.८२४५ को अनुपातको स्वाप रेसियो मर्जर हुने प्रस्ताव समेत पारित भइसकेको हो । मर्जर पछि कम्पनीको अध्यक्ष केशव प्रसाद भट्टराई हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा भने ज्योतिका सिइओ प्रकाश विक्रम खत्री हुनेछन् । सूर्याका सिइओ पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत हुने सहमति भइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्