Shikhar Insurance

गुल्मीको चन्द्रकोट गाउँपालिकामा बालेनकै शैली, सडक छेउछाउका अवैध संरचना हटाउँदै

सिंहदरबार संवाददाता
२०७९ पुष ५, मंगलवार ११:५५
NIMB
Nabil Bank

रेसुङ्गा । गुल्मीको चन्द्रकोट गाउँपालिकामा काठमाडौंका मेयर बालेनकै शैलीमा सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको ६–६ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।

गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । “कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो, उनी भन्छन्, “चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफैँ हटाउने बताउनुभयो । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्