Shikhar Insurance

३० प्रतिशत लाभांश पास गर्न नबिलले डाक्यो साधारण सभा, ‘मर्जर/प्राप्ति’को एजेण्डा कायमै

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले पुस २९ गतेका लागि साधारण सभा डाकेको छ । बैंकले सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत लाभांश पास गर्नेछ । बैंकले यसपाली ११.५ प्रतिशत नगद लाभांश र १८.५ प्रतिशत बोनस सेयर दिने भनेको छ ।

बैंकको सोही साधारण सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट ३ जना सञ्चालक समेत छान्नेछ । नबिलले अझै पनि मर्जर तथा प्राप्तिको एजेण्डालाई कायमै राखेको छ । उपयुक्त पार्टनर भेटिए मर्जरमा जानका लागि थप प्रक्रिया अघि बढाउन पनि सोही साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्