Shikhar Insurance

टाटाका विद्युतिय सवारी किन्न प्रभु बैंकले सस्तोमा ऋण दिने

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले टाटाका विद्युतिय सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण दिने भएको छ । प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सो सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरे ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबिच सम्पन्न सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट टाटा मोटर्स अन्र्तगतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्