Shikhar Insurance

लाभांश प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार ११:५०
NIMB
Nabil Bank

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे देखि सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामार्फत १ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने भएको छ ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सधारण सभामा सहभागि हुन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्