Shikhar Insurance

ब्राजिलमा कम्युनिष्ट राष्ट्रपति लुलाले रुँदै लिए सपथ

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । ब्राजिलका कम्युनिष्ट नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । उनले ब्राजिलमा तेस्रो पटक राष्ट्रपतिको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणका क्रममा उनी भावुक हुँदै रोएका थिए ।

यसअघि सिल्भाले सन् २००३ देखि २०१० को बीचमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । गत वर्षको अक्टुबर महिनामा सम्पन्न आम निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुलाले तेश्रो पटक ब्राजिलको सत्ता प्राप्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्