Shikhar Insurance

विद्या भण्डारीको कार्यकाल फागुन १५ गते सकिँदै, को बन्दैछ नयाँ राष्ट्रपति

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २०७९ फागुन २८ गते सकिँदैछ । नयाँ सत्ता समिकरण तयार भएसँगै भावी राष्ट्रपतिको खोजी सुरु भैसकेको छ । संबिधानले नै विद्या भण्डारीलाई पुनः राष्ट्रपति बन्न रोक लगाएको छ । यस्तो अवस्थामा एमाले, माओवादीसहितको सत्ता गठबन्धनभित्र भावी राष्ट्रपतिको खोजी सुरु भैसकेको छ ।

प्रधानमन्त्री माओवादीले पाएपछि राष्ट्रपति स्वभाविक रुपले एमालेको भागमा पर्ने निश्चित छ । तर वृहद बाम एकताको बाटोमा देश अघि बढेसँगै भावी राष्ट्रपतिको दौड पनि रोचक बन्दै गएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमालेको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेकै राजनीतिक परिस्थिति कायम रहेमा ईश्वर पोखरेल, सुभास नेम्बाङ, अष्टलक्ष्मी शाक्य वा अमृत बोहराको नाम अघि आउन सक्छ । तर बामपन्थी ध्रुविकरण र एकताको प्रक्रिया ठोस रुपले अघि बढेको अवस्थामा राष्ट्रपतिको दौडले झन नयाँ मोड लिनेछ ।

बाम एकताको प्रक्रिया अघि बढेको खण्डमा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल राष्ट्रपति बन्नेछन् । एमाले र एकिकृत समाजवादीलाई एकता गराएर नेपालले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्