Shikhar Insurance

‘आर्थिक विकास र रोजगारी वृद्धिमा बैंकिङ क्षेत्रले सरकारसँग थप समन्वय गराेस्’ – राष्ट्रपति भण्डारी

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार १४:१८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मानिर्भर अर्थतन्त्र निमार्णको लागि बैक तथा वित्तीय संस्थाको भुमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा राष्ट्रपति भण्डारीले सो बताएकी हुन् ।

‘अर्थतन्त्रको निर्माणमा राष्ट्रिय पुँजी परिचालनमा बैक तथा वित्तिय वित्तिय संस्थाको भुमिका महत्त्वपूर्ण र पुँजी परिचालनको उदेश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हाँसिल हुन सकेको छैन,’ कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयनमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले आन्तरिक उत्पादन बढाउन उत्पादनशिलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण हुन सक्ने दावी गरिन । जसले गर्दा आयातमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने हुँदा त्यसमा बैंक तथा वित्तीय संस्थाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उनले बताइन ।

‘त्यसमा तपाईहरूको महत्वपुर्ण भुमिका हुन्छ । आर्थिक विकासको लागि अन्तरास्ट्रिय सम्बन्ध विस्तार र पुँजी परिचालन आजको आवश्यकता हो,’ उनले थपिन्, ‘अर्तथन्त्रमा देखिएको तरलता संकुचन बाह्य क्षेत्रमा देखिएको दवाब, उत्पादन क्षेत्रमा लगानी विस्तार र उत्पादकत्व वृद्धि हुन नसक्दा उचित प्रतिफल हासिल नहुँदा नै अर्थतन्त्रको चुनौति थपिएको छ ।’

उनले बैंक तथा वित्तीय संस्थाले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन निर्देशन दिएकी छिन् । ‘अर्थतन्त्र स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रको पुँजी निर्माण, परिचालन, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नु खाँचो छ ।’ स्वदेशमै उत्पादन गरि स्वदेशमा नै परिचालन र निर्यात गर्नु गर्दै एसएमईलाई प्रवर्द्धन गर्न परिसंघको भुमिका महत्त्वपूर्ण हुने उनको विश्वास छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्