Shikhar Insurance

केयर रेटिङको लाइसेन्स निलम्बन गर्दै धितोपत्र बोर्ड, स्वार्थ बाझिने गरि आफ्नै लगानीकर्ताको रेटिङ

सिंहदरबार संवाददाता
२०७९ पुष २७, बुधबार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केयर रेटिङ नेपालको लाइसेन्स निलम्बन गर्ने भएको छ । आफ्नो माउ कम्पनी विशाल ग्रुप सम्बद्ध बिभिन्न कम्पनीहरुको रेटिङ गरेपछि बोर्डले केयर रेटिङको लाइसेन्स निलम्बन गर्न लागेको हो ।

केयर रेटिङ नेपालले विशाल ग्रुपकै मुख्य लगानी रहेको एनआईसी एशिया बैंकको डिबेञ्चरको रेटिङ गरेको थियो । त्यस बाहेक बिभिन्न बैंकहरुबाट ऋण लिएका विशाल ग्रुप सम्वद्ध आधा दर्जन कम्पनीहरुको ऋणको रेटिङ गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

केयरले विशाल ग्रुप सम्बद्ध युनाइटेड डिष्ट्रिब्युटर्स प्राली, एशियन डिष्ट्रिब्युटर्स प्राली, भीजी अटोमोबाइल्स प्राली, घोराही सिमेन्ट लिमिटेड, मैनावति स्टिल प्राली, ग्लोबल ट्रेडिङ कन्सर्न प्राली लगायतका कम्पनीहरुको रेटिङ गरेको थियो ।

क्रेडिट रेटिङ नियमावली २०६८को उल्लंघन गरि आफ्नै सेयरधनीको क्रेडिट रेटिङ गरेपछि केयरको लाइसेन्स संकटमा पर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले केयरलाई रेटिङ किन रद्ध नगर्ने तथा केयर रेटिङ नेपाल लिमिटेडको अनुमति पत्र किन निलम्बन नगर्ने भनि पत्राचार गरिसकेको छ ।

स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीहरुको नै रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्स नेपाललाई कारबाहीमा गर्न प्रक्रिया अघि बढाएको हो ।

पुस २४ गते केयर रेटिङलाई पत्र पठाउँदै बोर्डले लाइसेन्स किन रद्ध नगर्ने भनेको हो । कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारवाही किन नगर्ने ? भनी सफाइ पेश गर्न पत्रमा भनेको छ ।

केयर रेटिङ नेपालमा केयर रेटिङ इण्डिया, विशाल ग्रुप, इमर्जिङ नेपाल, नेपाल रिईन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल इन्स्योरेन्स र एलआईसी नेपालको मुख्य लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्