Shikhar Insurance

उपत्यकामा काम नगर्ने १५ ठेकेदारलाई भौतिक मन्त्रीको चेतावनीः समयमै काम सक्नुस्

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १०:०८
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका भित्र ठेक्का लिएर काम नगर्ने १५ निर्माण व्यवसायीलाई समयमै काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा संयुक्त अन्तरक्रियामा गरि अवरोधहरु हटाउन आफु तयार रहेको तर काम समयमै सम्पन्न हुनुपर्ने मन्त्री श्रेष्ठले बताएका हुन् ।

छलफलमा अमुकअमुक सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भए गरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तततत् समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अन्तत्र्रिmयामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा उपप्रधान मन्त्री श्रेष्ठले जोड दिंदै भने–‘विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ । साथै अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी छ । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्छ ।’

काठमाडौं जिल्लाअन्तर्गतका आयोजनाहरु
१) महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक ः
निर्माण व्यवसायीः तुदिरप्रेरा जेभी वागडोल, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ साल माघ मसान्तसम्म
२) साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक
निर्माण व्यवसायी:  दिवारशैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ फागुन १५ गतेसम्म
३) आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक
निर्माण व्यवसायी:  शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा।लि।
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ फागुन १५ गतेसम्म
४) सीतापाइला रामकोट भिमढुङ्गा सडक
निर्माण व्यवसायी:  आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ माघ मसान्तसम्म
५) पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी:  महालक्ष्मीरवर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिवद्धता:  २०८० असार मसान्तसम्म
६) मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायी:  सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने

भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१) कमलविनायक वसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी:  लोहनी एण्ड ब्रदर्श र लालीगुराँस जेभी
२) मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर।सी।सी। तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी:  लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी
३) हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी:  सुनौला खिम्ती कन्स्ट्रक्सन
४) लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी:  सुनौला खिम्ती कन्स्ट्रक्सन
उल्लेखित आयोजनाहरुको सन्दर्भमा दुबै पक्ष फरफारक गर्न सहमत भएका छन् ।

ललितपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१) पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वर्क्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी:  महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ चैत मसान्तभित्र (पुल बाहेक)
२) अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी:  ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ चैत्र मसान्तसम्म
३) अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी:  पिएम र महर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ चैत्र मसान्तसम्म
४) स्पेसिफिक मेन्टेनेन्स वर्क्स ललितपुर म।न।पा। १५, खुमलटार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर
निर्माण व्यवसायी:  रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता:  २०७९ चैत्र मसान्तसम्म ।
५) कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी:  महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता:  २०८० असार मसान्तसम्म ।

GBIME

प्रतिक्रिया दिनुहोस्