Shikhar Insurance

दुर्घटनाको उद्धार हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

सिंहदरबार संवाददाता
२०७९ माघ १, आईतवार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिए ।

Citizen Life
Kumar Bank
Nepal Life

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिईसकेका छन् साथै १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू सहभागी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्