Shikhar Insurance

डा. भिम रावल पनि एकिकृत समाजवादीमा जाँदै, जिम्मेवारी के ?

सिंहदरबार संवाददाता
२०७९ माघ २, सोमबार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । एमाले नेता डा. भिम बहादुर रावल पनि एकिकृत समाजवादीमा जाने भएका छन् । केपी ओलीसँग एमाले अध्यक्षमा प्रतिष्पर्धा गरेका डा. रावललाई ओलीले मंसिर ४ को निर्वाचनमा टिकट समेत दिएका थिएनन् । डा. रावल निकट अधिकांश नेता कार्यकर्ता एकिकृत समाजवादीमा लागिसकेका छन् । एमालेमा बसेका रावल समर्थकहरु पनि निरास बनिरहेका छन् । डा. रावललाई उनी निकट नेता कार्यकर्ताहरुले नै एमालेमा बसेर केहि गर्न नसकिने भएकाले एकिकृत समाजवादीमा जानु उपयुक्त हुने सुझाव दिँदै आएका छन् ।

डा. रावलले पछिल्लो समय एकिकृत समाजवादीको उच्च नेतृत्वसँग निरन्तर सम्वाद गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार डा. रावलले उचित जिम्मेवारीको टुंगो लगाउनुपर्ने बताइरहेका छन् । केहि दिन अघि मात्रै एकिकृत समाजवादीमा प्रवेश गरेका घनाश्याम भुषालले सचिवालय सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । यसबिचमा माहोल नबिग्रिएको अवस्थामा एकाध हप्ताभित्रै डा. रावल एकिकृत समाजवादीमा प्रवेश गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्