Shikhar Insurance

एमाले महासचिवलाई हराउने रेखा शर्मा सञ्चार मन्त्री बन्ने, सुदन किराँती पर्यटन मन्त्री

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्ने महिला नेतृ रेखा शर्मालाई सञ्चार मन्त्री बनाउने भएको छ । उनी यस अघि पनि समान्य प्रशासन मन्त्री भैसकेकी नेतृ हुन् । दाङमा एमाले महासचिव पोखरेललाई पराजित गर्दै निर्वाचित भएपछि उनी मन्त्री बन्ने चर्चा थियो । नभन्दै माओवादीले शर्मालाई सञ्चार मन्त्रालयको जिम्मा दिएको छ ।

उता, भोजपुरबाट निर्वाचन जितेका सुदन किराँतीले पर्यटन मन्त्रालयको जिम्मा पाएका छन् । प्रदेश १ को पूर्व मुख्यमन्त्री समेत रहेका एमाले नेता शेरधन राईलाई पराजित गर्दै किराँतीले संसदको यात्रामा ह्याट्रिक गरेका थिए ।
मोरङबाट चुनाव जितेका अमनलाल मोदी पनि मन्त्री बन्दैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्