Shikhar Insurance

एमाले अखिलको अध्यक्षमा लामिछाने र बडाल भिड्ने

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौँमा हुँदै छ । आगामी अध्यक्षका लागि २ जना मुख्य दाबेदार छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

दुबै जना २०औँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । २२ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री, लोकेश निरौला र कल्पना वाइवा पनि अध्यक्षका आकांक्षी छन् । तर उनीहरु पार्टीका मुख्य नेताहरुको नजिक देखिन्नन् । लामिछाने र बडाल दुबै एमाले महासचिव शंकर पोखरेल निकट हुन् ।  केपी ओलीले जसलाई ग्रिन सिग्नल दियो उहि अध्यक्ष बन्ने अवस्था एमाले अखिलमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्